• जीवनशैली | Jiwanshaili
  • विवादमा किन तानियो पपस्टार रिहानाको यो फोटो


    एजेन्सी- हलिउड चर्चित पपस्टार रिहाना फेरि विवादमा तानिएकी छिन् । भारतमा चर्किएको किसान आन्दोलनलाई समर्थन गरेर विवादमा मुछिएकी उनी फेरि टपलेस फोटोका कारण विवादमा तानिएकी छिन् ।

    हिन्दू भगवान गणेशको आकृतिसहितको नेकलेस लगाएको टपलेस फोटो ट्वीटरमार्फत सार्वजनिक गरेपछि रिहाना अर्को विवादमा तानिएकी हुन् । रिहानाको यो फोटोले हिन्दू धर्मावलम्वीको आस्थामा चोट पुर्‍याएको भन्दै भारतीय मिडियाले विरोध गरेका छन् ।

    मिडियाले रिहानाको यो हर्कतलाई आपत्तिजनक भन्दै माफी माग्न समेत भनेका छन् । ट्वीटरमा रिहानाविरुद्ध ट्रेन्ड सुरु भएको छ । बीजेपी नेता रामा कदमले रिहानो यो तस्विरले हिन्दू भगवानको अपमान गरेको आरोप लगाएका छन् ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस