अभिनेत्री निधि अग्रवाललाई भ्यालेन्टाइन डेमा प्रशसंकले दिए मन्दिर उपहार
बलिउड र साउथ सिनेमामा धेरै अभिनेता र अभिनेत्रीहरू छन् जसको फ्यान फलोइङ कुनै ठूलो स्टारभन्दा कम हुँदैन। उनीहरुलाई प्रशसंकहरुले बिभिन्न तरिकाले सम्मान गरिरहेका हुन्छन्। साउथ अभिनेत्री निधि अग्रवाललाई प्रशंसकहरुले एक विशेष र धेरै फरक तरीकाले सम्झेका छन्। निधिलाई भ्यालेन्टाइन डेमा उनको नाममा मन्दिर निर्माण गरेर उपहार दिएका छन्।
निधि अग्रवालको मूर्तिको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो तस्बिरमा अभिनेत्रीका प्रशंसकहरूले उनको मूर्तिलाई पूजा गर्दैछन् र उनीहरूले मूर्तिलाई दूध चढाइरहेका छन्। भारतिय सञ्चार माध्यमका अनुसार निधि अग्रवालको यो मन्दिर चेन्नईमा निर्माण गरिएको छ।
निधिले अंग्रेजी वेबसाइट टाइम्स अफ इण्डियासँग पनि यस मन्दिरको बारेमा कुरा गरेकी छिन्। उनले आफ्नो चलचित्र यात्राको अलावा उनको नाममा रहेको मन्दिरको बारेमा पनि कुरा गरेकी थिईन्। निधि अग्रवालले भनेकी छिन्, ‘मलाई मेरा प्रशंसकहरुले दिएको उपहारले म चकित भएकी छु, मैले कल्पनासमेत गरेकी थिइनँ। म खुसी र कृतज्ञ छु कि जसले मलाई प्रेम देखाउनु भयो।’
निधि अग्रवालले पनि भनिन्, ‘मलाई यो मन्दिर कहाँ छ थाहा छैन, तर यो यति निश्चित छ कि यो कतै चेन्नईमा छ। म यस क्षेत्रमा एकदम नयाँ हुँ। मैले तमिलमा दुईवटा मात्र फिल्म र तेलुगुमा केही फिल्महरूमा अभिनय गरेकी छु।’ निधि अग्रवालले २०१७ मा बलिउड फिल्म ‘मुन्ना माइकल’ बाट अभिनय यात्रा सुरू गरेकी हुन्।
स्मरण रहोस निधि अग्रवाल पहिलो भारतीय कलाकार होइनन् जसको नाममा मन्दिर निर्माण गरियो। उनी भन्दा पहिला एमजीआर, खुशबू सुन्दर, हंसिका मोटवानी र नयनतारा जस्ता धेरै कलाकारहरूको लागि मन्दिर निर्माण गरिएको छ।

क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस