दोस्रो पटक आमा बनिन् अभिनेत्री करीना कपूर खान
बलिउड अभिनेत्री करीना कपूर खान दोस्रो पटक आमा बनेकी छिन्। भारतीय सञ्चार माध्यमका अनुसार करीनाले आइतबार २१ फेब्रुअरीमा ब्रिज क्यान्डी अस्पतालमा पुन: छोरा जन्माएकी हुन्। अंग्रेजी वेबसाइट टाइम्स अफ इण्डियाको समाचारका अनुसार करीना र उनका पति अभिनेता सैफ अली खानले गत वर्ष अगस्टमा करीना फेरि गर्भवती भएको कुरा जानकारी गराएका थिए।
करीना आफ्नो गर्भावस्थाको अवधिमा धेरै सक्रिय थिइन्। उनी शारीरिक रूपमा पनि सक्रिय रही घुमिरहेकी थिईन्।करीनाले सामाजिक सञ्जालमार्फत आफ्ना कार्यको अपडेटहरू शेयर गरिरहन्थिन्।
करीनाले साँझ इन्स्टामा उपहारका दुई फोटोहरू शेयर गरेकी थिईन्। सैफ र करीनाले २०१६ मा छोरा तैमूरलाई जन्म दिएका थिए। सैफ अली खान भने चौथो पटक बुबा बनेका हुन्। उनको पहिलो विवाह अमृता सिंहसँग भएको थियो। उनकी छोरी सारा अली खान र छोरा इब्राहिम अली खान छन्।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस