• जीवनशैली | Jiwanshaili
  • चर्चित गायक प्रमोद खरेलको ‘म मरे र पनि बाँचिरहेकै छु’ सार्वजनिक


    पछिल्लो समय सांगितिक बजारमा नेपाली आधुनिक गीत संगीतले चर्चा पाइरहेको छ। एकपछि अर्को गीत बजारमा आउने क्रम पनि उत्तिकै छ।

    मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन्। सोहि क्रममा नेपाली सांगितिक क्षेत्रका लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर आधुनिक गीत सार्वजनिक भएको छ। गायक खरेलको आवाजमा ‘म मरे र पनि बाँचिरहेकै छु’ गीत आज सार्वजनिक भएको हो। गीत योगेश के बिष्टको शब्द र विश्व अधिकारीको एरेन्जमेन्टमा सजिएको छ। त्यस्तै, गीतको म्युजिक भिडियाेकाे पटकथा  लेखन लक्ष्मी दाहाल (एल विवश बैरागी) ले गरेका छन् भने सम्पादन आभास रिजालको रहेको छ।

    उक्त गीतमा एल बिबस बैरागी र यशोदा साप्कोटाको अभिनय देख्न सकिन्छ। यस्तै, बाल कलाकारको रुपमा दिब्यास्त्र बस्नेत र दिवान्स बस्नेत रहेका छन्। गीतमा माया प्रेम र विछोडको अभिनयमा कलाकारलाई देख्न सकिन्छ।

    गीतको छायांकन नारायण जीसीले गरेका छन् भने अनिल केसीले लाइटमेन र मेकअपको काम बिक्रम थापाले गरेका छन्। यस गीतका संगीतकार राम सिटाैला हुन् भने निर्देशन अरुणदेव जोशीको रहेको छ।

    https://youtu.be/M6gHbn8rJag


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस