श्रीदेवीको आज तेस्रो पुण्यतिथिः यसरी सुरु भएको थियो उनको फिल्मी करिअर
कुनै समय बलिउडमा राज गरेकी चर्चित अभिनेत्री श्रीदेविको निधन भएको आज २४ फेब्रुअरीका दिन ३ वर्ष पुगेको छ। श्रीदेवी २०१८ साल एक विवाहमा सहभागी हुन दुवई पुगेकी थिईन्। जहाँ एक होटलको बाथरूममा उनी मृत अवस्थामा फेला परेकी थिईन्। उनको मृत्युको खबरले सारा बलिउड नै सोकमा डुबेको थियो।
५४ वर्षको अल्पायुमै दिवंगत अभिनेत्री श्रीदेवीको सुन्दरताको चर्चा बलिउडमा सँधै हुने गर्दछ। श्रीदेवीको वास्तविक नाम श्री अम्मा यंगर अय्यप्पन थियो। तर फिल्ममा आएपछि उनले आफ्नो नाम श्रीदेवी राखिन्।
श्रीदेवीले १९६७ मा तमिल फिल्म ‘थुनाइवन’मा लर्ड मुरुगाको भूमिकामा खेलेकी थिईन्। तब उनी मात्र ४ वर्षकी थिईन्। फिल्ममा उनले तत्कालीन शीर्ष अभिनेत्री जयललितासँग काम गरेकी थिइन्। श्रीदेवीले सन् १९७५ मा ‘जुली’ फिल्मबाट सुरुवात गरेकी थिइन्। यसमा उनी बाल कलाकारको रुपमा देखिएकी थिइन्।
श्रीदेवी कामको हिसाबले अन्य अभिनेत्रीहरूको तुलनामा निकै अगाडि थिईन्। एक पटक उनी लन्डनमा शुटिंग गर्दै थिइन् जब उनका बुबाको मृत्यु भएको खबर पाइन् उनी भारत फर्किइन्। बुबाको अन्त्येष्टि पछि तुरुन्त लन्डन फर्किइन् र सुटिंग गर्न थालिन्। यसबाहेक ुचालबाजु को शूटिंगको क्रममा उनलाई १०३ डिग्रीको ज्वरो आएको थियो तर पनि उनी आराम गरिनन् र पूर्ण उत्साहका साथ एउटा गीतको शुटिंग पूरा गरिन्।
श्रीदेवीलाई बोनी कपूरले ७० को दशकमा एक तमिल फिल्ममा देखेका थिए। बोनी पहिलो नजरमा उनीसँग मायामा परे। बोनी कपूर र श्रीदेवीको कथा ‘मिस्टर इण्डिया’ फिल्मबाट सुरु भएको हो। श्रीदेवीले बोनीलाई स्क्रिप्ट सुनाउनका लागि मात्र १० दिन कुराएकी थिइन्। श्रीदेवी र बोनी कपुरका २ छोरी छन्।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस