• जीवनशैली | Jiwanshaili
  • गजल


     

    लिसो रहेछ टाँसिन्छ सत्तातिरै पो
    अनैतिक हुँदै दुष्ट भत्तातिरै पो

    सिनो देखियो गिद्धले छाड्न मुश्किल
    लुछाचुँड गरि मांश पत्तातिरै पो

    सँगै स्यालका माउ बच्चाहरू छन्
    चुहाई रहे र्‍याल हेरेर मत्तातिरै पो

    यहाँ स्यालको गिद्धको बिग्बिगी छ
    र दुर्गन्ध फैलिन्छ जत्तातिरै पो

    ल है जाग मान्छे लखेट्ने भए स्याल
    छिमेकी छ लैजान्छ कतातिरै पो


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस