• जीवनशैली | Jiwanshaili
  • चलचित्र ‘कबड्डी’ को चौँथो सिक्वेल ‘कबड्डी ४’ बनाउने निर्देशक गुरुङको घोषणा


    नेपाली सुपरहिट चलचित्र ‘कबड्डी’को चौँथो सिक्वेल पनि आउने भएको छ। शुक्रवार निर्देशक रामबाबु गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘कबड्डी ४’ को निर्माण घोषणा गरेका हुन्।

    रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रको तेस्रो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गतवर्ष रिलिज भएको थियो।

    निर्देशक गुरुङले ‘कबड्डी’को कथालाई अब टुङ्ग्याउन यो सिक्वेल बनाउन लागेको जनाएका छन्। गुरुङले शेयर गरेको पोस्टरमा फिल्मको उप शीर्षक ‘द फाइनल म्याच’ समेत राखिएको छ। फिल्मको छायाँकन २०७८ वैशाखबाट सुरु गर्ने निर्देशक गुरुङले जनाएका छन्।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस