कोभिड–१९ मा ज्यान गुमाउने परिवारलाई राहत
मकवानपुरको थाहा नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम वितरण गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमअनुसार ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार रु एक लाख दरले राहत उपलब्ध गराएको हो । कोरोना भाइरसका कारण ज्यान गुमाएमा प्रतिपरिवार रु एक लाख दिने सातौँ नगरसभाले निर्णय गरेको थियो ।
थाहा नगरमा कोरोना सङ्क्रमणका कारण हालसम्म पाँच जनाले ज्यान गुमाएका छन् । ज्यान गमाएका परिवारलाई नगरप्रमुख लवशेर विष्ट तथा प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले राहत रकमको चेक हस्तान्तरण गरे । थाहा नगरमा कोभिड–१९ बाट मृत्यु हुनेमा थाहा–२ का ७७ वर्षीय, थाहा–३ का ३३ वर्षीय पुरुष, थाहा–४ का ५१ वर्षीय, थाहा–६ को ७६ वर्षीय र १० को ४८ वर्षीय पुरुष रहेको स्वास्थ्य शाखाका मेघराज बलामीले जानकारी दिए ।
क्याटेगोरी : कोरोना अपडेट, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस