नायिका स्वस्तिमा खड्का साउथ इन्डियन चलचित्रमा महँगो पारिश्रमिकमा अनुबन्धित
नेपाली चलचित्रकी लोकप्रिय नायिका स्वस्तिमा खड्का साउथ इन्डियन चलचित्र ‘थिरिमाली’ मा देखिने भएकी छिन्।
गत बिहीवार चलचित्र निर्माण पक्ष र स्वस्तिमाबीच सम्झौता भएको स्वस्तिमाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन्। उनी चलचित्रको सहायक भूमिकामा अनुबन्धित भएकी हुन्। राजिव सेट्ठीले निर्देशन गर्ने चलचित्रको ७० प्रतिशत नेपालमा र बाँकी भागको छायांकन भारतमा हुने छ।
चलचित्र निर्माणमा दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज्सँग नेपालको तर्फबाट अनन्या फिल्मसले सहकार्य गरेको छ। चलचित्रमा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मासँगै नेपाली कलाकार माओत्से गुरुङको पनि अभिनय रहने बताइएको छ।
थिरिमाली’ हिन्दी र नेपालीसँगै दक्षिण भारतका विभिन्न भाषामा हुनेछ। चैतबाट सुरु हुने चलचित्रको छायाँकन काठमाडौं र मुस्ताङमा हुने जनाइएको छ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस