शाहरुखको रेड चिलीजले गर्याे आलिया अभिनित ‘डार्लिंग्स’काे घोषणा
बलिउड, शाहरुख खानको ‘रेड चिलीज एन्टरटेन्मेन्ट’ ले आलिया भट्ट अभिनित ‘डार्लिंग्स’ घोषणा गरेकाे छ ।
शाहरुख खानले सोमबार आफ्नो प्रोडक्शन हाउस ‘रेड चिलीज एन्टरटेन्मेन’ अन्तर्गत फिल्म डार्लिंग्स घोषणा गरेको छ। आलिया भट्ट यस डार्क कमेडी फिल्ममा मुख्य भूमिकामा छिन्।
आलियाको प्रोडक्शन हाउस ‘इटरनल सनशाइन प्रोडक्शन्स’ साथै ‘रेड चिलीज एन्टरटेन्मेन्ट’ पनि यस फिल्मको सहनिर्माण गर्दैछ। आलियाले भर्खरै यस प्रोडक्शन कम्पनीको घोषणा गरेकी थिइन । डार्लिंग्स मा शेफली शाह, विजय वर्मा र रोशन म्याथ्यूसँग आलिया भट्ट पनि मुख्य भुमिकामा अभिनय गर्नेछन् । यस फिल्मको टेलर आलियाले सोशल मीडियामा पनि शेयर गरेकी छिन। फिल्मको ट्याग लाइन एकदम आकर्षक बनाइएको छ, जसमा यस्तो लेखिएको छ, महिलाहरूको अपमान तपाईको स्वास्थ्यको लागि धेरै हानिकारक हुन सक्छ। यो लाइन आफैले सुझाव दिन्छ कि यो महिला उन्मुख फिल्म हो।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस