नवाजुद्दीनकाे पत्नी आलियाले सम्बन्धविच्छेदको आवेदन लिइन् फिर्ता
अभिनेता नवाजुद्दीन सिद्दीकीकाे पत्नी आलियाले आफ्नो सम्बन्धविच्छेदको आवेदन फिर्ता लिएकी छिन्। आलियाले गत वर्ष सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गरेकी थिइन् । नवाजुद्दीन र उनको परिवारमाथि धेरै आरोप लगाएकी थिइन्। भारतीय सन्चार माध्यमसगँ कुराकानीको क्रममा आलियाले सम्बन्धविच्छेदको आवेदन फिर्ता लिने निर्णयको बारेमा बताइन्। उनले यस विषयमा सम्बन्धित धेरै कुरा पनि बताएकी छिन्। आलियाले भनिन्, ‘अहिलेसम्म मेरो र नवाजको सम्बन्ध धेरै उतार चढावहरुमा पार भइसकेको छ र यो पूर्ण रूपमा टुक्रिनु अघि हामीले हाम्रो सम्बन्धलाई अर्को मौका दिने बारे सोचेका हौ। मेरो लागि यो निर्णय लिनु त्यति सजिलो थिएन। एक पटक सम्बन्ध बिग्रिएपछि यसलाई फेरि सच्याउन सजिलो छैन। तर म मेरा बच्चाहरूको खुशीको लागि सम्बन्ध सुधार गर्न सक्दछु। ‘
आलियाले बिगत एक वर्षदेखि नवाजसँग भेट नभएको बताएकी छिन् । यस एक वर्षमा बच्चाहरूले आफ्ना बुवालाई धेरै याद गरिरहेकाले उनले सम्बन्ध सुर्धाने निर्णय लिएकी हुन्। आलिया बिरामी परेका बेला नवाजले सबै जिम्मेवारी लिएका थिए । बच्चाहरूको पढाइेदखि लिएर नुहाउने, खेलाउने, खुवाउने सम्म जिम्मेवारी नवाजमा बढेको थियो। उनले आफनो सुटिङमा समेत आफ्ना बच्चाहरुलाई लगेका थिए । आलियाले भनिन्, ‘बुबाबाहेक नवाजले पनि श्रीमानको जिम्मेवारी पनि राम्ररी निभाए। यी सबै बाबजुद पनि, उनले मेरो हेरचाह गरे। केस चलिरहेको बेला मेरो स्वास्थ्य अवस्था जान्न फोन गरिरहे।’
नवाजले उनलाई कहिले पनि यो महसुस गर्न दिएन कि उनले नवाजको बिरूद्धमा मुद्दा हालेकी थिइन् । ‘नवाजले मलाई कुनै केस गरेनन् वा मेरोलागि समस्या उत्पन्न गरेन अब मैले आफ्नो तलाकको आवेदन फिर्ता लिएको छु’ आलियाले भनिन् । बिगत केहि समयदेखि उनिहरूको सन्बन्धमा समस्या उत्पन्न भएपछि आलियाले सम्बन्धविच्छेदको आवेदन पेश गरेकी थिइन् । तर आलियाले आफ्नाे सन्बन्ध सुधार्ने निणर्य लिएकी छिन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस