• जीवनशैली | Jiwanshaili
  • लामो समयपछि बलिउडमा फर्किएका चर्चित अभिनेत्रीहरु


    अभिनेत्री उर्मिला मातोंडकर १२ वर्षकाे लामाे बिस्रामपछि बलिउडमा फर्किने भएकी छिन्। उनले आफू छिट्टै नयाँ फिल्ममार्फत् देखा पर्ने बताएकी छिन्। उर्मिलाले आफूलाई एक वेब शोमा पनि देख्न सकिने बताएकी छिन् । उर्मिला अन्तिम पटक २०१८ सालमा रिलीज गरिएको इरफान खान स्टारर फिल्म ‘ब्ल्याकमेल’ मा देखिएकी थिइन् ।

    यस फिल्ममा उर्मिलाले एक विशेष गाना ‘बेवफा ब्यूटी’ मा नृत्य गरेकी थिइन् । उर्मिला मातोंडकरको बलिउडमा अन्तिम फिल्म ‘ईएमआई’ रहेको थियो । उक्त फिल्म २००८ मा रिलीज भएको थियो। उर्मिलाजस्तै धेरै बलिउड अभिनेत्रीहरू पनि छन्। जसले वर्षौंको अन्तरालमा बलिउडमा फर्की आए। त्यस्तै केही अभिनेत्रीहरूः

    काजोलः १९९१ मा अजय देवगनसँग विवाह गरिसकेपछि काजोलले चलचित्रमा कमै मात्रामा समय दिएकी थिइन् र केहि फिल्ममा मात्र देखा परेकी थिइन् । तर उनले फिल्म ‘फना’ बाट बलिउडमा पुन अभिनय गरेकी थिइन् । फिल्ममा आमिर खान उनका विरूद्धमा थिए र फिल्म हिट पनि भएको थियो। फिल्मी क्षत्रमा फर्किएपछि काजोल ‘माइ नेम इज खान’, ‘उइ आ फेमिली’, ‘दिलवाले’, ‘तान्हाजी: द अनसंग वॉरियर’ जस्ता ठूला चलचित्रहरूमा देखा परिसकेकी छिन्।

    रानी मुखर्जीः २०१४ मा ‘मर्दानी’ फिल्ममा काम गरिसकेपछि रानी मुखर्जीले पनि फिल्महरूबाट करिब ४ वर्षको ब्रेक लिएकी थिइन्। पछि उसले २०१८ मा फिल्म ‘हिच्की’बाट पुन फिल्मी क्षत्रमा फर्किएकी थिइन् । तर उक्त फिल्मले खासै ख्याति कमाउन सकेन। यसपछि रानी ‘मर्दानीः २’ मा देखा परिन्। उनको फिल्म ‘बन्टी और बबली २’ भने यहि वर्षमा रिलीज हुने भएको छ।

    जूही चावलाः ९० को दशकको सुपरहिट नायिका जुही चावलाले पनि विवाह पछि फिल्ममा काम गर्न कम गरिसकेकी थिइन्। उनले धेरै फिल्महरूमा सानो भूमिका खेलेकी थिइन्, तर २०१३ मा उनी ‘गुलाब गैंग’ फिल्ममा नायिकाको रूपमा आएकी थिइन्। जूही यस फिल्मको लागि सर्वश्रेष्ठ सहयोगी अभिनेत्री पुरस्कारको लागि पनि मनोनित भएकी थिइन्।

    माधुरी दीक्षितः २००२ मा, माधुरीले ‘देवदास’ फिल्ममा काम गरेपछि चलचित्रहरूबाट विश्राम लिएकी थिइन्। त्यसपछि उनी ५ वर्ष पछि २००७ मा ‘आजा नाचले’ फिल्मबाट फेरि काम सुरु गरेकी थिइन् । तर उक्त फिल्मले आफ्नो मार्केट भने लिन सकेको थिएन । यसपछि माधुरी ७ वर्षको लागि फेरि फिल्मबाट टाढा भएकी थिइन् । २०१३ मा फेरि फिल्म ‘द डेढ़ इश्किया’ को माध्यमबाट ठूलो पर्दामा फर्कीएकी थिइन्।

    मनिषा कोइराला:  नेपाली मुलकी भारतीय नायिका मनिषा कोइरालाले सुभाष घईद्वारा निर्मित ‘सौदागर’बाट नायिकाको रुपमा काम सुरु गरेकी थिइन् । उक्त फिल्मले फिल्मी क्षेत्रमा तहल्का मचाएको थियो । त्यसपछि धेरै लामाे समयकाे अन्तरालमा उनले ‘सन्जु’मा देखिएकी थिइन्।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस