युद्ध साहित्य ‘अफगानी रणमैदान’ बजारमा
साहित्यकार केदार सङ्केतको नवनीतम् कृति ‘अफगानी रणमैदान’ सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा साहित्यकार रोचक घिमिरे, समीक्षक प्रा डा गोविन्दराज भट्टराई, प्रा डा कुमार कोइराला, नेत्र एटम, वरिष्ठ पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम काँतिचले संयुक्तरुपमा युद्ध उपन्यास कृतिका रुपमा बजारमा आएको पुस्तक विमोचन गरेका हुन् ।
सो अवसरमा उनीहरुले सर्जक सङ्केतको यो कृति युद्ध साहित्यमा रुचि राख्नेका लागि एक महत्वपूर्ण दस्तावेज भएको बताए । युद्ध साहित्यमा अहिलेसम्म महत्वपूर्ण कृति प्रकाशित नभएको उल्लेख गर्नुहुँदै वक्ताले नेपाली साहित्यमा यस कृतिको खास महत्व प्रमाणित हुने धारणा राखे । पुस्तकमा युद्धको बर्बर अवस्थाबाहेक माया, प्रेम, यौवनलगायत व्यङ्ग्यका पक्षलाई बेजोडसँग समेट्न कृतिकार सफल भएको वक्ताको भनाइ थियो ।
लेखक स्वयं युद्धमा संलग्न भएकाले त्यसको सजीव चित्रण पुस्तकमा गरिएको जनाइएको छ । साङ्ग्रिला बुक्सले सो पुस्तक प्रकाशित गरेको हो । तीन सय ९५ पृष्ठको पुस्तकको मूल्य रु ५९५ राखिएको छ । यसअघि लेखकका ‘आफैँ जलिरहेको देश’ (कविता सङ्ग्रह), ‘एथेन्सको झरी’ (नियात्रा), ‘सङ्केतका कविताहरू’लगायतका कृति प्रकाशित भएका छन् । सर्जक सङ्केत विभिन्न पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस