• जीवनशैली | Jiwanshaili
  • बलिउडमा नयाँ अनुहारहरूको ‘एन्ट्री’


    बलिउडमा हरेक वर्षजस्तै यस वर्ष पनि धेरै नयाँहरू अनुहारहरूले आफ्नो करिएर सुरु गरेका छन्। केही चलचित्रको शुटिंग भइरहेको छ भने केही चलचित्रको शुटिङ चाडै सुरु हुने अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएको छ। २०२१ मा ठूलो पर्दामा देखा पर्न सक्ने नयाँ अनुहारहरू यस्ता रहेका छन्ः

    १)मानुषी छिल्लर​​​​​​​
    २०१७ मा मिस इण्डियाको ताज जित्ने मानुषीले मिस वर्ल्ड प्रतियोगितामा पनि भाग लिएकी थिइन्। यसपछि उनले मोडलको रूपमा काम गरिरहेकी थिइन् अब भने मानुषी फिल्ममा देखिने भएकी छिन्। मानुषी अक्षयका साथ फिल्म ‘पृथ्वीराज’ मा मुख्य भूमिकामा पर्दामा आउन भएकी छिन्। उनको शुटिंग अहिले भइरहेको छ। फिल्ममा उनी पृथ्वीराजकी श्रीमती संयोगिताको भूमिकामा देखिनेछिन्। फिल्म दिवालीको अवसरमा रिलीज हुनेछ।

    २)अहान शेट्टी​​​​​​​​​​​​​​
    बलिउड अभिनेता सुनील शेट्टीका छोरा अहान पनि बलिउडमा डेब्यू गर्न लागेका छन्। हालै उनको पहिलो फिल्म ‘तडाप’ को पहिलो झलक रिलीज भएको छ। फिल्म २०१८ मा रिलीज भएको तेलुगु फिल्मको हिन्दी रीमेक हो। अहान तारा सुतारियाको विरूद्ध देखा पर्नेछ। यो एक एक्शन रोमान्टिक फिल्म हुनेछ।

    ३) रश्मिका मंदाना
    दक्षिण अभिनेत्री रश्मिका पनि बलिउडमा डेब्यू गर्न लागेकी छिन्। उनी फिल्म ‘मिशन मजनू’ मा मुख्य भूमिका खेल्ने भएकी छिन्। यस फिल्ममा उनी सिद्धार्थ मल्होत्राको विरूद्धमा देखा पर्ने छिन्।

    ४) प्रणीता सुभाष
    २०१० मा कन्नड़ फिल्म ‘पोरकी’ बाट अभिनयको दुनियाँमा प्रवेश गरेकी प्रणिताले अहिले बलिउडमा प्रवेश गरेकी छिन्। उनी अहिले दुई ठूलो बलिउड प्रोजेक्टहरूमा काम गरिरहेकी छिन्। पहिलो’भुज:द प्राइड ऑफ़ इंडिया’ र दोस्रो ‘हंगामा’ रहेकाे छ।

    ५)अर्जुन कानूनगो​​​​​​​​​​​​​​
    अर्जुन, एक ट्रेंड गायक र राष्ट्रिय स्तरको बास्केटबल खेलाडी हुन्। एक ट्रेंड अभिनेता र लाइव पर्फमर पिन हुन्। उनी ‘राधे: योर मोस्ट वांटेड भाई’ फिल्ममा सलमान खानको विरूद्ध देखा पर्नेछन्। सलमान आफैंले उनलाई फिल्मको एक रोचक भूमिकाका लागि अर्जुनलाई छानेका हुन् ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस