• जीवनशैली | Jiwanshaili
  • सुशांतको मृत्युपछि पहिलोपटक ‘चेहरे’ को ट्रेलरमा देखिइन् रिया चक्रवर्ती


    एजेन्सी- फिल्म ‘चेहरे’ मा रिया चक्रवर्तीको बारेमा जुन सस्पेन्स बनिरहेको थियो, त्यो अब तोडिएको छ। ट्रेलरको रिलीजसँगै रिया पनि यस चलचित्रको हिस्सा हुन भन्ने कुरा पक्कापक्की भइसकेको छ। रूमी जाफरीको निर्देशनमा बनेको यो फिल्ममा धेरै समयको अन्तरालपछि रिया चक्रवर्तीको अभिनय देख्न सकिन्छ। यस ट्रेलरमा उनको कुनै डायलग त सुनिँदैन तर इमरान हाशमीको किरदारले रियाको किरदारलाई पाउन पत्नीलाई धोखा दिएको जस्तो महसुस गर्न सकिन्छ। यहाँसम्म की उनको हत्याको षड्यन्त्र नै गरेका छन्। यसबारेमा अमिताभ बच्चनको किरदारले रहस्य खुलाएको ट्रेलरमा देख्न सकिन्छ।

    रिया चक्रवर्ती स्वर्गीय सुशांत सिंह राजपूतकी गर्लफ्रेंड थिइन्। १४ जून २०२० मा अभिनेता सुशांत सिंह राजपूतको शव मुंबईको बांद्रामा उनकै घरमा पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो। अनुसन्धानमा उनी डिप्रेशनको शिकार भएको र सोहीक्रममा उनले आत्महत्या गरेको मुंबई पुलिसले बताएको छ।

    मृत्युको १५ दिनपछि सुशांतका बुबा कृष्णकुमार सिंहले रिया चक्रवर्तीले आफ्नो छोरालाई आत्महत्या गर्नका लागि उक्साएको र उनको बैंक खाताबाट १५ करोड रुपैयाँको हिनामिना गरेको आरोप लगाउँदै पटनामा एफआइआर दर्ता गराएका थिए। बिहार सरकारको आदेशपछि सुप्रीम कोर्टले यो मामलामा जाँच गर्न सिबिआईलाई जिम्मा दिएको थियो। अहिलेसम्म कुनै निष्कर्षमा भने पुगेको छैन। यहीं केससँग जोडिएको ड्रग्स मामलामा रियाले एक महिना जेलमा बिताएइकी थिइन्।

     


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस