• जीवनशैली | Jiwanshaili
  • यस्तो छ रिहानाले सय करोडमा किनेको सानदार घर


    समय समयमा चर्चामा आइरहने हलिउड पप स्टार रिहाना एक पटक फेरि चर्चामा आएकी छिन्। रिहाना कुने आन्दोलन वा राजनीतिक मुद्दाका कारण चर्चामा आएकी होइनन्। यसपटक उनी आफ्नो घरको कारणले चर्चामा आएकी हुन्। रिहानाले एक सानदार घर किनेकी छिन्। जुन कुनै महलभन्दा कम छैन। इन्वेस्टर डेनियल स्टारबाट रिहानाले यो प्रोपर्टी किनेकी हुन्।

    गायिका रिहानाले यो घर १३.८ मिलियन डलर अर्थात् झण्डै १०० करोडमा खरिद गरेकी हुन्। रिहानाको यो घर अमेरिकाको केलिफोर्नियास्थित बेवेर्ली हिल्स शहरमा अवस्थित छ। बेवेर्ली हिल्स अमेरिकाको सबैभन्दा नजिकको शहरमध्ये एक हो। यो घर १९३० को समयतिर बनेको हो। जुन २१,९५८ स्क्वायर फुटमा फैलिएको छ। यसमा पाँच वटा बेडरूम र सात बाथरुम छन्।

    यो सानदार घरमा आधुनिकका साथसाथै पारम्परिक संरचनाहरुको कम्बिनेसन देख्न सकिन्छ। यो घर टेरेस, स्पा, ओपन एयर सेन्ट्रल कोर्टयार्ड, पूल र फायरपिट्स लगायतका सुविधाहरुले भरिएको छ। साथै घरको भान्छामा आधुनिक प्रविधि र सामानहरु मिलाएर राखिएको छ।

    यसअघि इन्वेस्टर डेनियल स्टारले २०१६ सालमा यो घर खरिदा गरेका थिए। जसपछि उनले घरको इन्टिरियर्सदेखि घरका भित्तासम्मै धेरै परिवर्तन गरिदिएका थिए।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस