• जीवनशैली | Jiwanshaili
  • Recipe:अमेरिकन प्यान केक


    अमेरिकी पेनकेक सजिलो तरिकाले घरमा बनाउ सकिन्छ । बनाउने विधि सहज भएकोले खाजामा परिवारसँग यसको आनन्द लिनु उत्कृष्ट हुन्छ।

    आवश्यक सामाग्री

    मुछेको पिठो
    १ र आधा चम्चा बेकिङ पाउडर
    १ चम्चा खैरो चिनी
    ठुलो अण्डा ३ वटा
    २५ ग्राम पगालेको मखन
    २०० मिलिलिटर दुध
    भेजिटेबल तेल,

    पकाउनको लागि विधि

    पहिलो चरण : २०० ग्राम पिठोमा १ र आधा चम्चा बेकिङ पाउडर, १ चम्चा खैरो चिनी र एक चुट्की नुन एउटा भाडोमा राखेर राम्रोसगँ मुछ्नुहोस् ।

    दोस्रो चरण: अब बिचमा सानो खाडल बनाएर त्यसमा ठूलो अण्डा ३ वटा अण्डा राख्नुहोस् । अब २ ग्राम पगालेको मखन र २०० मिलिलिटर दुध राख्नुहोस् ।

    तेस्रो चरण :अब मज्जाले घोल्नुहोस् । इलेक्ट्रिक ह्यान्ड बिटर्सकको सहयोगले वा अरु कुनै माध्यमले पातलो घोल बनाउनुहोस् ।

    चाैथो चरण : ठुलो नन स्टिक प्यानमा थोरै मखन र १ चम्चा तेल राखेर मध्यम आँचमा तताउनुहोस् । तेल तातिसकेपछि माथिबाट बिस्तारै गोलो हुने गरि अघि तयार पारेको घोल हाल्नुहोस । एकपटि लगभग २ मिनेट पाक्नको लागि छोड्दिनुहोस् । माथिपटि साना साना फोका देखिन थालेपछि अर्कोपटि फर्काउनुहोस् । अर्का भाग पनि २ मिनेट पाक्नको लागि छोड्दिनुहोस् । तपाइँले तयार पार्नुभएको घोल नसकिएसम्म यो प्रक्रिया दोर्‍याउनुहोस् ।

    पाँचाै चरण : तयार गरिएको प्यान केकलाई अब आर्कषक तरीकाले पस्किनुहोस् । एउटा प्लेटमा राखेर माथिबाट मेपल सिरम अथवा तपाईलाई मनपर्ने जुनसुकै सिरम राख्नुहोस । त्यसमाथि थोरै चकलेटको धुलो, बदामका टुक्रा अथवा ब्लू बेरिज राख्नुहोस् । सक्भर ताजा ब्लुबेरीहरू थप्ने प्रयास गर्नुहोस्।

    अब स्वाद लिएर खानुहोस् । (खाना तथा स्वाद सम्बन्धित यस्ता रेसिपि हरेक शनिबार प्रकाशन हुन्छ । )

     

     


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस