• जीवनशैली | Jiwanshaili
  • रानी मुखर्जीको आज जन्मदिन, कति वर्ष पुगिन् ?


    २१ मार्च  १९७८ मा मुम्बईमा जन्मेकी रानी मुखर्जी आज ४३ औं जन्मदिन मनाउँदैछिन्। रानीको बलिउडमा सफल करियर थियो तर उनको आदित्य चोपडासँगको प्रेम कहानी पनि धेरै चर्चामा थियो। आदित्य लाइमलाइटबाट टाढा बस्न रुचाउँछन्। दुबैले २१ अप्रिल २०१४ मा विवाह गरेका थिए। उनीहरुको प्रेम काहानी विवाह हुनुभन्दा १२ बर्ष अघि सुरु भएको थियो। २००० को दशकमा उनीहरूको नाम एक अर्कासँग जोडिन थालेको थियो । दुवैले सम्बन्धलाई खुल्ला रुपमा स्वीकारेका थिएनन्।

    रानी मुखर्जीले नेहा धूपियाको च्याट शो ‘बीबीएफ उथ भो’ मा उनले भनेकी थिइन् कि २००२ मा रिलीज भएको फिल्म ‘मुझसे दोस्ती करोगे’ को लागी आदित्यलाई प्रोफेशनल रुपमा पहिलो पटक भेटेकी हुन् । आदित्यले उक्त फिल्मको निर्माण गरेका थिए। जब रानी मुखर्जी यश चोपडाको निर्देशक फिल्म ‘वीर जारा (२०१४ )’ को शूटिंग गर्दै थिइन, उनी र आदित्यको मित्रताको बारेमा चर्चा हुन थालेको थियो ।

    रानी आदित्यका लागि घरको खाना लिएर जान्थिन्। रिपोर्टहरूका अनुसार आदित्यका अभिभावक यश र पामेला चोपड़ा रानीसँगको सम्बन्धमा खुसी थिएनन्। किनभने उनी डिजाइनर पायल खन्नासँग विवाहित जीवन बिताउँदै थिए।

    रिपोर्टका अनुसार आदित्य चोपडाले पहिलो पत्नी पायल खन्नासँग सम्बन्धविच्छेद गरेपछी मात्र रानी मुखर्जीसँग प्रेम सम्बन्ध शुरू गरेका थिए । चाखलाग्दो कुरा के छ भने, आदित्य रानीको घरमा पुगेर उनको अभिभावकलाई उनीहरुको प्रेम सम्बन्ध अगाडी बढाउन अनुमति मागेका थिए ।

    २०१२ मा जब यश चोपडाको निर्देशित फिल्म जब तक है जान निर्माणको अन्तिम चरणमा थियो, रानी र आदित्यले सँगै बस्ने वाचा गरेका थिए। फेब्रुअरी २०१३ मा जब शत्रुघ्न सिन्हाले ‘यूटीवी स्टार्स वक अफ फेम’ मा यश चोपडाको मूर्ति अनावरण गरे, उनले गल्तीले रानीलाई रानी चोपडा भनेर बोलाएका थिए।

    यश चोपडाको निधनपछि रानीले आदित्यसँगै अन्तिम संस्कार र अन्य रीतिथितिहरू गरेपछि यो स्पष्ट भयो कि रानी चाँडै चोपडा परिवारको बुहारीको रूपमा देखा पर्नेछिन्।

    २०१३ को अन्ततिर रानी मुखर्जीको औंलामा हीराको औठी देखा परेको थियो। उनका धेरै साथीहरूले रानीको इंगेजमेन्ट भइसकेको पुष्टी गरेका थिए। ६ महिनापछि, २२ अप्रिल २०१४ को बिहान यशराज फिल्म्सले एक विज्ञप्ति जारी गरेर आदित्य र रानीको विवाहको खबर सार्वजनिक गरेको थियो। विज्ञप्तिमा भनिएको थियो, ‘हामी यो भन्न खुब खुसी छौं कि आदित्य चोपडा र रानी मुखर्जीको २१ अप्रिलको रात इटालीमा बिहे भयो। निकट परिवारका सदस्यहरू र साथीहरूको उपस्थितिमा विवाह धेरै सानो तहमा भएको थियो। हामी दम्पतीलाई सुखी वैवाहिक जीवनको कामना गर्दछौं।’ केही व्यक्तिहरूले यस विवाहको तयारीहरू धेरै हप्ताअघिदेखि नै चलिरहेको विश्वास गरेका थिए तर कसै-कसैले भने इटाली छुट्टीमा गएका बेला हतारमा निर्णय भएको कुरा बताए।

    जब रानी नृत्य रियलिटी शो ‘झलक दिखला जा’ (२०१४) मा आइपुगेकी थिइन्, उनले आफ्नो विवाहको रात आदित्यको लागि फिल्म ‘युवा’ को गित ‘कभी नीम-नीम कभी शहद-शहद’ गाएकी थिइन् ।

    नेहा धूपियाको शो ‘बीबीएफ उथ भो’ मा रानीले आदित्यले उनको स्टारडमलाई घृणा गर्ने बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘यो होइन कि उनी क्यामेरालाइ घृणा गर्छन्, उनी फोटो मात्र लिन चाहँदैनन्।

     


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस