प्रियंका चोपडाले खोलिन् न्यूयोर्कमा रेस्टुरेन्ट
जीवनयापनका लागि कलाकारहरु अभिनय मात्र होइन व्यापारमा पनि सक्रिय हुन थालेका छन् । बलिउड अभिनेत्री प्रियंका चोपडाले व्यवसायी मनिष गोयलसँग मिलेर न्यूयोर्कमा रेस्टुरेन्ट सुरु गरेकी छिन् ।
बिहीबारमात्रै चोपडाले ‘सोना’ नामको रेस्टुरेन्टकाे उद्घाटन गरेको भारतीय सन्चार माध्यमले जनाएको छ । भारतीय स्वादका विभिन्न परिकार पस्कने रेस्टुरेन्ट खुलेसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् । ‘सोना भारतीय स्वादको रेस्टुरेन्ट हो जुन स्वादसँगै म हुर्किएँ,’ चोपडाले इन्स्टाग्राम मार्फत उल्लेख गरेकी छिन् ।
यतिखेर रेस्टुरेन्टको इन्टेरियर डिजाइनको पनि खुब तारिफ भइरहेको पाइएको छ । रेस्टुरेन्टको नाम भने प्रियंकाको पति निक जोनसले राखेका हुन् ।

क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस