शाहरुख खानको महंगो पारिश्रमिक
भारतीय अभिनेता शाहरुख खान यतिबेला नयाँ फिल्म ‘पठान’ का कारण चर्चामा रहेका छन् । ‘पठान’ का लागि शारुखले सय करोड पारिश्रमिक लिएको फिल्म समीक्षक उमैर सन्धूले एक ट्विट मार्फत बताएका छन् ।
निर्माता आदित्य चोपडासँग यशराज ब्यानरमा बनिरहेको फिल्ममा काम गर्न शाहरुखले सय करोड मागेका थिए । दुई वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका शाहरुख खान ले बुझेको पारिश्रमिकको खबरले बलिउडलाई तताएको छ । उनको माग निर्माण टिमले सहर्ष स्वीकार गरेको थियो । यो फिल्ममा अभिनेत्री दीपिका पादुकोण र अभिनेता जोन अब्राहम पनि प्रमुख भूमिकामा देखिने भएका छन् ।
यो फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरिरहेका छन् भने उनले पछिल्लो पटक फिल्म ‘वार’ निर्देशन गरेका थिए । शाहरुखले ‘जीरो’ पछि ‘पठान’ मा अभिनय गर्न लागेका हुन् जसको कारणले दर्शकमा उत्साह देखिएको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस