• जीवनशैली | Jiwanshaili
  • छहारी गजल सङ्ग्रह सार्वजनिक


    युवा गजलकार नवराज पौडेलको पहिलो गजल सङ्ग्रह ‘छहारी’ सार्वजनिक भएको छ
    । शनिबार आयोजित गजल सङ्ग्रहको विमोचन कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले गजलकार बन्न इतिहास, भूगोल, संस्कृतिलगायत विषयमा जानकारी हुनुपर्ने बताए । गजलको लोकप्रियता घटेको नभई लेख्ने मानिस कम भएकाले घटेजस्तो देखिएको उनले बताए। साहित्यको गजल विधाले मुक्तक विधालाई पनि वातावरण दिएको गजलकार पौडेलको भनाइ थियो ।

    सङ्ग्रहका लेखक पौडेलले प्रहरी सेवामा रहेर देश सेवा गरेर बाँकी रहेको समयमा देखे भोगेका कुरा गजलमा उतार्ने गरेको बताए । कार्यक्रममा गजलकार एवं मुक्तककार रमेश पौडेललगायतले नव गजलकार पौडेललले समाजमा देखिने विभिन्न गतिविधिलाई गजलमा उतारेको बताए ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस