युवा चित्रकार चित्रकलामै भविष्य खोज्दै
सन्दकपुर गाउँपालिकास्थित माइपोखरीकी सलिना राईको सोख चित्रकार बन्ने हो । सानो उमेरबाटै फाट्टफुट्ट चित्र कोर्ने गरेकि उनले अहिले त राम्रै तस्बीर बनाउछिन् । उनी जिल्लामा मात्र होइन, राजधानीसम्म पुगेर पनि चित्र कोरेकि छिन् । उनको सपना उत्कृष्ठ तस्बीर बनाउने र सबैमाझ चिनिने हो । उनी चित्रकलामै भविष्य खोज्दै छिन् ।
चित्रकार बन्नकै लागि उनले धेरै सङ्घर्ष गरिन् । अझै गर्दै पनि छिन् । विद्यालय होस् वा अरू कतै प्रतियोगितामा कहिल्यै द्वितीय भएन उनका चित्र । सधैँ प्रथम भएकैले गर्दा उनलाई जीविकोपार्जनको स्रोत चित्रकला बनाउन मन लाग्यो । उमेरसँगै चित्रका गुणस्तर पनि बढ्दै गए, अनि गुणस्तरसँगै माग पनि उच्च बन्दै गयो ।
परिवारको हौसला, अग्रज चित्रकारको उत्प्रेरणा र आफ्नै मेहनतले उनका चित्रमा निखारता त आउँदै गयो । अर्थोपार्जन सोचेजस्तो भएन । गाउँको बसाइँ । पूर्णरूपमा चित्रकलामा खट्न नपाइने । यसैले चित्रकलाको पेशा सङ्कटमा पर्दै गयो । उनले सोचे जस्तो भएन । कक्षा ५ देखि चित्र सिकेकी उनी कक्षा ८ पुग्दासम्म घरपरिवारमा आँखामा चित्रकारको छवि बनाइसकेकि थिइन् । विद्यालयको अध्यायन सकेर केही समय उनले कला सेन्टरमा चित्र बनाउन सिकिन् ।
यसपछिका मेहनतले उनको चित्रकला प्रतिको मोह यति बढ्यो कि उनले यो पेशाको विकल्प खोज्नै सकिनन् । विभिन्न प्रदर्शनीमा चित्र प्रदर्शन गरेर हौसला पनि बढ्यो । सबैले चित्र कोरेको हेर्दै उनको चित्रको प्रशंसा पनि गरे तर आर्थिक पाटो भने कहिल्यै सुध्रेन ।
कलेजस्तरको पढाइ शुरु भयो तब यी सबै कुरा बाहिर निस्किए । उनलाई सोख पूरा गर्न आर्थिक पाटो सुध्रिन जरुरी छ भन्ने झन् लाग्दै गयो । यतिकैमा उनले एक दिन युटुबमा कागजबाट विभिन्न किसिमका सामग्री बनाएको देखिन् । चित्रकलाकी पारखी उनलाई हस्तकला (हेण्डिग्राफ) मा पनि आकर्षण बढ्यो ।
निरन्तर खटेर उनले हेण्डिग्राफ बनाउन थालिन् । शुरुमा चित बुझ्दो नबने पनि समायान्तरमा सोचेझैँ हुन थाल्यो । पछिल्लो समय उनले चित्रकला जोगाउनका लागि पनि हस्तकला बनाउन परेको छ । ‘हेण्डिग्राफ चाहीँ धेरैले किनेर नै लान्छन् । केही कमाइ पनि हुन्छ ।’ उनी भन्छिन, ‘कला सम्मानित पेशा हो । तर, बाँच्न गाह्रो हुँदो रहेछ ।’
उनले एकै ठाउँमा चित्रकला र हस्तकलाका ८७ प्रकारका कलालाई प्रदर्शनीसमेत गरेकि छिन् । ती सामग्री बनाउन खर्चिलो पनि छ । अहिले उनी स्नातकस्तरको अध्ययनमा छिन् । पढाइपश्चात काठमाडौँ पसेर चित्रकलामा होमिने उनको विचार छ । अनेक रङ एकै ठाउँमा मिलाएर उनी चित्र कोर्छिन् ।
अनि अनेक बहुरङ्गी कागज गाँसेर हस्तकलाका सामग्री । तर, यो पेशाले उनका जीवनमा कुन रङ कोर्ने हो पत्तो छैन । उनी सङ्घर्षरत छिन् । चाहे अनेक रङ मिलाएर चित्र कोर्न होस् वा कागज गाँसेर कागजी सामग्री बनाउन । कुनै काम सहज छैन । ‘एउटै चित्र बनाउन तीन-चार दिन लाग्छ । धैर्य भएर काम गरिएन भने त पूरा हुँदैन । ‘उनी भन्छिन्, ‘कागजका सामग्री बनाउन पनि उस्तै गाह्रो । पहिले काटो अनि जोडो । त्यसपछि सुन्दरताका लागि कागज मिलाउनुपर्छ ।’
यति दुःख गर्दा पनि कलाको मर्म नबुझ्दा चाहीँ उनलाई विरक्त लाग्छ । अधिकांश मान्छेमा चित्रको ज्ञान नहुनु, अनि प्रशस्त मात्रामा चित्रकला पढाइ हुने विद्यालय पनि नहुनु । यिनै समस्याले चित्रकलामा बाँच्न गाह्रो भएको उहाँको दुःखेसो छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस