युवा चित्रकार चित्रकलामै भविष्य खोज्दै

सन्दकपुर गाउँपालिकास्थित माइपोखरीकी सलिना राईको सोख चित्रकार बन्ने हो । सानो उमेरबाटै फाट्टफुट्ट चित्र कोर्ने गरेकि उनले अहिले त राम्रै तस्बीर बनाउछिन् । उनी जिल्लामा मात्र होइन, राजधानीसम्म पुगेर पनि चित्र कोरेकि छिन् । उनको सपना उत्कृष्ठ तस्बीर बनाउने र सबैमाझ चिनिने हो । उनी चित्रकलामै भविष्य खोज्दै छिन् ।
चित्रकार बन्नकै लागि उनले धेरै सङ्घर्ष गरिन् । अझै गर्दै पनि छिन् । विद्यालय होस् वा अरू कतै प्रतियोगितामा कहिल्यै द्वितीय भएन उनका चित्र । सधैँ प्रथम भएकैले गर्दा उनलाई जीविकोपार्जनको स्रोत चित्रकला बनाउन मन लाग्यो । उमेरसँगै चित्रका गुणस्तर पनि बढ्दै गए, अनि गुणस्तरसँगै माग पनि उच्च बन्दै गयो ।
परिवारको हौसला, अग्रज चित्रकारको उत्प्रेरणा र आफ्नै मेहनतले उनका चित्रमा निखारता त आउँदै गयो । अर्थोपार्जन सोचेजस्तो भएन । गाउँको बसाइँ । पूर्णरूपमा चित्रकलामा खट्न नपाइने । यसैले चित्रकलाको पेशा सङ्कटमा पर्दै गयो । उनले सोचे जस्तो भएन । कक्षा ५ देखि चित्र सिकेकी उनी कक्षा ८ पुग्दासम्म घरपरिवारमा आँखामा चित्रकारको छवि बनाइसकेकि थिइन् । विद्यालयको अध्यायन सकेर केही समय उनले कला सेन्टरमा चित्र बनाउन सिकिन् ।
यसपछिका मेहनतले उनको चित्रकला प्रतिको मोह यति बढ्यो कि उनले यो पेशाको विकल्प खोज्नै सकिनन् । विभिन्न प्रदर्शनीमा चित्र प्रदर्शन गरेर हौसला पनि बढ्यो । सबैले चित्र कोरेको हेर्दै उनको चित्रको प्रशंसा पनि गरे तर आर्थिक पाटो भने कहिल्यै सुध्रेन ।
कलेजस्तरको पढाइ शुरु भयो तब यी सबै कुरा बाहिर निस्किए । उनलाई सोख पूरा गर्न आर्थिक पाटो सुध्रिन जरुरी छ भन्ने झन् लाग्दै गयो । यतिकैमा उनले एक दिन युटुबमा कागजबाट विभिन्न किसिमका सामग्री बनाएको देखिन् । चित्रकलाकी पारखी उनलाई हस्तकला (हेण्डिग्राफ) मा पनि आकर्षण बढ्यो ।
निरन्तर खटेर उनले हेण्डिग्राफ बनाउन थालिन् । शुरुमा चित बुझ्दो नबने पनि समायान्तरमा सोचेझैँ हुन थाल्यो । पछिल्लो समय उनले चित्रकला जोगाउनका लागि पनि हस्तकला बनाउन परेको छ । ‘हेण्डिग्राफ चाहीँ धेरैले किनेर नै लान्छन् । केही कमाइ पनि हुन्छ ।’ उनी भन्छिन, ‘कला सम्मानित पेशा हो । तर, बाँच्न गाह्रो हुँदो रहेछ ।’
उनले एकै ठाउँमा चित्रकला र हस्तकलाका ८७ प्रकारका कलालाई प्रदर्शनीसमेत गरेकि छिन् । ती सामग्री बनाउन खर्चिलो पनि छ । अहिले उनी स्नातकस्तरको अध्ययनमा छिन् । पढाइपश्चात काठमाडौँ पसेर चित्रकलामा होमिने उनको विचार छ । अनेक रङ एकै ठाउँमा मिलाएर उनी चित्र कोर्छिन् ।
अनि अनेक बहुरङ्गी कागज गाँसेर हस्तकलाका सामग्री । तर, यो पेशाले उनका जीवनमा कुन रङ कोर्ने हो पत्तो छैन । उनी सङ्घर्षरत छिन् । चाहे अनेक रङ मिलाएर चित्र कोर्न होस् वा कागज गाँसेर कागजी सामग्री बनाउन । कुनै काम सहज छैन । ‘एउटै चित्र बनाउन तीन-चार दिन लाग्छ । धैर्य भएर काम गरिएन भने त पूरा हुँदैन । ‘उनी भन्छिन्, ‘कागजका सामग्री बनाउन पनि उस्तै गाह्रो । पहिले काटो अनि जोडो । त्यसपछि सुन्दरताका लागि कागज मिलाउनुपर्छ ।’
यति दुःख गर्दा पनि कलाको मर्म नबुझ्दा चाहीँ उनलाई विरक्त लाग्छ । अधिकांश मान्छेमा चित्रको ज्ञान नहुनु, अनि प्रशस्त मात्रामा चित्रकला पढाइ हुने विद्यालय पनि नहुनु । यिनै समस्याले चित्रकलामा बाँच्न गाह्रो भएको उहाँको दुःखेसो छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस