टिकटकमा भाइरल अनमोलको लुक्स
नेपालका मेघा स्टारका रुपमा चिनिने अनमोल के.सी छायांकनरत फिल्म ‘ए मेरो हजुर ४’ का लागी बनाएका लुक्सका कारण टिकटकमा भाईरल भएका छन् ।
अनमोलले कपाल काटेपछिको लुक्स फिल्म रिलिज हुनु भन्दा अगाडि सार्वजनिक गर्ने सोचमा नभएको निर्माण टिमले जनाएको छ । तर, अस्पतालको प्रांगणमा छायांकन भइरहँदा एक सामाजिक सञ्जाल प्रयोगकर्ताले टिकटकमा अनमोलको लुक्स सार्वजनिक गरिदिएका छन् । यो भिडियो यतिबेला टिकटकमा निकै भाइरल भएको छ । उनको लुक्सले दर्शकमा फिल्मप्रति कौतुहलता र उत्सुकता जगाएको पाइएको छ ।
अस्पतालमा विरामीले लगाउने निलो रंगको पहिरन लगाएका अनमोल टिकटकमा भेटिएको भिडियोमा दुब्लो देखिएका छन् भने कपाल पनि निकै छोटो छ । फिल्मको क्लाइमेक्स सिन नै टिकटकमा भाइरल भएको बुझिएको छ । तर उक्त कार्यले निर्माण टिम भने तनावमा देखिएको छ ।
झरना थापाको निर्देशनमा बनिरहेको फिल्ममा दोस्रो पटक अनमोल र सुहाना सँगै देखिने भएका छन । सुनिल कुमार थापा निर्माता रहेको उक्त फिल्म आउँदो वर्षको भदौ १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस