अम्बर गुरुङ्गः कहाँदेखि कहाँसम्म
नेपाली सङ्गीत जगतका सिकन्दर अम्बर गुरुङ्ग दार्जीलिङ्ग जिल्लाको मिलिङ चियाकमानमा हुर्केर बढ़ेर आएका हुन् अरे भनि सो चियाकमानका केही पुराना व्यक्तिहरूका मुखबाट सुनिएको थियो, तर विश्वास लागेको थिएन। पछिबाट यो तथ्य अचानक प्रामाणिक हुन पुग्यो। सन् 2001 को 1 नोभेम्बरदेखि 10 नोभेम्बरसम्म “दार्जीलिङ्ग सिक्किम मैत्री संघ”-को निमन्त्रणमा साङ्गीतिक कार्यक्रमको लागि दार्जीलिङ्ग आउनु भएको बेला दाईलाई सोही चियाकमानका भाईहरूले भेटेछन् र सो चियाकमानमा पनि आईदिने अनुरोध गरेछन्। आफूले शैशव बिताएको सो चियाकमानमा पुग्ने र त्यहाँका मानिसहरूसित भेटघाट गर्ने आफ्नो पनि उत्कट इच्छा रहेको उहाँले बताउनु भएछ। उहाँको व्यस्ततादेखि उब्रेको समयमा भाईहरूले उहाँलाई सो चियाकमानमा लिएर गएछन्। सो अवसरमा चियाकमानका स्थानीय युवाहरुले उहाँको सम्मानमा एक सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरेछन्।
आफूले शैशव बिताएको सो चियाकमानमा पुग्ने र त्यहाँका मानिसहरूसित भेटघाट गर्ने आफ्नो पनि उत्कट इच्छा रहेको उहाँले बताउनु भएछ। उहाँको व्यस्ततादेखि उब्रेको समयमा भाईहरूले उहाँलाई सो चियाकमानमा लिएर गएछन्।
यति मात्र होईन, भाईहरुले हातैले लेखेर ‘स्मारक पत्र’ शिर्षकमा उहाँलाई अभिनन्दन पत्र पनि टक्राएछन्। त्यो अभिनन्दन पत्रलाई अम्बर दाईले आफ्नो पुस्तक ‘कहाँ गए ती दिनहरु’-को चौंथो संस्करणको आवरण पृष्ठको पछिल्लो भाग (back side) मा जस्ताको तस्तै छपाउनु भएको छ। विक्रम संवत 2067 मा छापिएको यो पुस्तकमा उहाँले आफ्नो एक लेख “सम्झना मिलिङ कमानको” पनि समावेश गर्नु भएको छ। आफूले शैशव बिताएको भूमि हेर्ने उहाँको धोको यसरी पूरा भएछ साथै सो चियाकमानका मानिसहरूले पनि नेपाली जगतका यति महान सङ्गीतकारको शैशव त आफ्नै चियाकमानमा बितेको रहेछ भन्ने प्रत्यक्ष प्रमाण पनि पाएछन्। भग्यवश मेरो पनि जीवनको शैशव र आधा भाग यसै चियाकमानमा बितेको हो। जीवनको दोसाँधमा भएपनि त्यहाँ पुगिछाड़नु भएछ। यही हो माटोप्रतिको इमान्दारीता र माया। आफूले शैशव बिताएको ठाउँलाई हामीले अम्बर दाईले जस्तै माया गर्नु पर्छ।
अर्को कुरा, नेपाली गीत सङ्गीत जगतका महर्षी स्वर्गीत अम्बर गुरुङ्ग दार्जीलिङ्गमा छँदा लोक मनोरञ्जन शाखाको जागिरदेखि बाहिरिनु परेपछि साथै गीत र सङ्गीतकै कारण प्रतिबन्धित बन्नु परेपछि आफ्नो परिवारलाई लिएर जीवन धान्न उनले के कस्ता कठिनाई र थपेडाहरू झेल्न पऱ्यो होला, हामी कल्पना पनि गर्न नसकौंला। तर कस्ता कस्ता विकट स्थितिमा पनि उनी हिमाल जस्तै अडिग बसे, धैर्य कहिल्लै गुमाएनन्। सङ्गीतलाई नै आफ्नो कर्म, धर्म र सर्वस्य ठानेर एक महान ऋषि जस्तो सङ्गीत साधनामा निरन्तर लागे।
नेपाली गीत सङ्गीत जगतका महर्षी स्वर्गीत अम्बर गुरुङ्ग दार्जीलिङ्गमा छँदा लोक मनोरञ्जन शाखाको जागिरदेखि बाहिरिनु परेपछि साथै गीत र सङ्गीतकै कारण प्रतिबन्धित बन्नु परेपछि आफ्नो परिवारलाई लिएर जीवन धान्न उनले के कस्ता कठिनाई र थपेडाहरू झेल्न पऱ्यो होला, हामी कल्पना पनि गर्न नसकौंला।
यसरी सङ्गीतको क्षेत्रमा उल्लेख्य योगदान पुऱ्याउने सर्जकहरूका उचित मूल्याङ्कन र सम्मान समयमा नै गर्न नसक्ने परम्पराले खिनौटे बनेको नेपाली समाजबाट अम्बर गुरुङ्गले आफ्नो सृजना र तपस्याको कदर कतिसम्म अनुभूत गरे, उनले पछिबाट प्राप्त गरेका पुरस्कारहरूले पनि कतिसम्म उनीप्रति न्यायको परिपूर्ति गर्न सक्यो, त्यो त अकबरी सूनलाई हेरेरै चिन्न सक्नेहरूलाई मात्र अनूभूत होला।
जे होस्, जीवनको उत्तरार्धमा भने नेपाली गीत सङ्गीतको क्षेत्रमा अरुले प्राप्त गर्न नसकेका सम्मानहरू उनलाई प्राप्त भएको देखिन्छ। नेपाली सङ्गीत नाट्य प्रतिष्ठानको उनी कुलपति बने। गोपाल प्रसाद रिमालद्वारा रचित “रातो चन्द्र र सूर्य, जङ्गी निशान हाम्रो” गीतको धून तयार पार्नु र त्यसमा स्वर र सङ्गीत दिनु अनि त्यही गीत नेपाली सेनाको सैनिक गीत बन्नु, यो अर्को महान उपलब्धी हो। सोही गीतको कम्पोजले गर्दा उनलाई नेपाली सेनाको मानार्थ महासेनानीको पदवीले विभूषित गरियो। उनलाई जङ्गी पोशाक पहिरिने अवशर पनि प्राप्त भयो।
सङ्गीतले नै आफूलाई यति अमर बनाएर जाने काम सायदै विरलैले गरेका छन्। भूगोलको एक कुनामा कुनै दिन प्रतिबन्धितसम्म बन्नु परेको व्यक्ति सङ्गीतकै तपस्याले भूगोलको अर्को कुनामा राष्ट्रगानको सर्जक बन्ने अवसर पाउनु र त्यही धून र सङ्गीतमा बजिरहनु पाउँनु, यो भन्दा ठूलो अजम्बरी जीवन कुन हुन सक्छ र ?
अझ ठूलो उपलब्धी के हो भने, उनैद्वारा धून तयार पारि सङ्गीतवद्ध गरिएको गीत “सैयौं थुङ्गा फूलको हामी एउटै माला नेपाली” स्वतन्त्र र सार्वभौम गणराज्य नेपालको राष्ट्र गान बन्यो। आज दिनमा जतिपटक यो राष्ट्रगान बज्छ, उतिपटक नेपालीको मन मस्तिष्कमा अम्बर गुरुङ्ग तरङ्गित हुन्छ।
सङ्गीतले नै आफूलाई यति अमर बनाएर जाने काम सायदै विरलैले गरेका छन्। भूगोलको एक कुनामा कुनै दिन प्रतिबन्धितसम्म बन्नु परेको व्यक्ति सङ्गीतकै तपस्याले भूगोलको अर्को कुनामा राष्ट्रगानको सर्जक बन्ने अवसर पाउनु र त्यही धून र सङ्गीतमा बजिरहनु पाउँनु, यो भन्दा ठूलो अजम्बरी जीवन कुन हुन सक्छ र ?
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस