• जीवनशैली | Jiwanshaili
  • बिहेमा सरिक भएकासहित कञ्चनपुरमा थप दुई संक्रमितको मृत्यु


    ञ्चनपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका १३ र १९ का दुई जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाका अनुसार वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमै बसेकी एक महिलाको आइतबार राति मृत्यु भएको हो । भीमदत्त नगरपालिका १९ का ३७ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार राति अस्पताल ल्याइएको थियो । उनको राति करिब साढे तीन बजेतिर मृत्यु भएको डा। रोकायाले बताए ।

    यस्तै, एक हप्ताअघि नातिनीको विवाहमा सरिक भएकी भीमदत्त नगरपालिका १३ की ७४ वर्षीया महिलाको आइतबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पताल ल्याइएकी उनको उपचारका क्रममा मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति डाक्टर रोकायाले जानकारी दिए ।

    आइतबार नै अस्पतालमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । पारिवारिक स्रोतका अनुसार उनी वैशाख १३ गते नातिनीको विवाहमा सरिक भएकी थिइन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाज

    प्रतिक्रिया दिनुहोस