बाँकेमा थप १२ जनाको मृत्यु
बाँकेमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेको भेरी र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गएरातिदेखि आज विहानसम्म थप १२ जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा रुकुम पूर्वका ५३ वर्षीय पुरुष, बर्दियाका ६३ र ७८ वर्षीया महिला, बाँकेका ५२ वर्षीय पुरुष, ४५ वर्षीय र ८८ वर्षीय पुरुष छन्।
यसै गरी बर्दियाकै ७३ वर्षीय पुरुष, २१ वर्षीय, ६० वर्षीय पुरुष र ८५ वर्षीय पुरुष छन्। त्यस्तै बाँकेका ६८ वर्षीय पुरुष छन्। यसै गरी बाँकेका अर्का ६२ वर्षीय पुरुषको पनि ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।
योसहित बाँके जिल्ला भित्रका १९७ जनाको मृत्यु भएको छ भने जिल्ला बाहिरका बाँकेका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १४८ पुगेको छ।
क्याटेगोरी : कोरोना अपडेट, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस