• जीवनशैली | Jiwanshaili
  • साहित्यकार डा. बानिरा गिरीको मृत्यु


    साहित्यकार डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा आइतबार राति निधन भएको छ ।

    हृदयघातका कारण काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा आइतकबार राति १० बजे गिरीको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । गिरी तीन वर्षदेखि अल्जाइमर्सबाट पीडित थिइन् ।

    उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला हुन् । डा. गिरीका ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ प्रकाशित छ । ‘शब्दातीत शान्तन’ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो ।

    डा. गिरीका श्रीमान्, एक छोरा र एक छोरी छन् ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस