द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई
शनिबार भएको फाइनलमा अन्य तीन प्रतिष्पर्धीलाई भोटका आधारमा पछि पार्दै किरण गजमेरले उपाधि हात पारेका छन् ।
यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन् ।
गायक प्रमोद खरेलको टिममा रहेका गजमेरले अन्य ३ प्रतिस्पर्धी आर्यन राई, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै उपाधि जितेका हुन् । उनले भोटका आधारमा उपाधि जितेका उनले २५ लाख रुपैयाँ पनि पाएका छन् ।
अमेरिकामा बस्दै आएका किरण भ्वाइसकै लागि नेपाल आएका थिए । किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिएका छन् ।
टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर वान सिंगिङ रियालिटी शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बूले यो उपाधि जितेका थिए ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस