मनै लोभ्याउने ल्वाङ गाउँ (फोटोफिचर)
पर्यटकीय नगरी पोखराको हरिचोकबाट २० किलोमिटर दुरीमा छ ल्वाङ गाउँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा पर्ने ल्वाङ गाउँ हरिचोकबाट हेम्जा, खानेपानी, भेडाबारी, खोरामुख हुँदै पुगिन्छ । ल्वाङमा २०६७ सालेदेखि सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । परम्परागत शैलीका घर, गुजुमुज्ज परेको बस्तीले ल्वाङ गाउँ पुग्ने जो कोहीको मन लोभ्याउँछ । बस्तीका हरेक घर घरलाई जोड्ने ढुंगा छापिएको सफा चटिक्क परेको गोरेटो छ । यहाँका २१ घरधुरीले होमस्टे सञ्चालन गरेका छन् । २५० देखि ३०० जनासम्म पाहुना राख्न सक्ने होमस्टेको क्षमता छ ।

क्याटेगोरी : फिचर, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस