इलाममा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं, १२ असार
इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिका-२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
आइतबार दिउँसो करिब १२ बजे पाँचथरको रविबाट झापाको दमक आउँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी दुर्घट्नामा परेको हो ।
दुर्घट्नामा परी ज्यान गुमाउनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका-५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र माङसेबुङ गाँउपालिका-६ का ५० वर्षीय प्रकाश राई रहेका छन् ।
दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारको लागि दमक अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : ताजा अपडेट, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस