जिप दुर्घटना हुँदा बझाङमा ६ जना घाइते
धनगढी, १२ असार
बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दुर्गाथली गाउँपालिका–३ रकैलतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९९ नम्बरको जिप सडकबाट करिब ६० मिटर तल खस्दा चालकसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
दुर्घटनामा परेर दुर्गाथली गाउँपालिका–७ का ४० वर्षीय चालक रुपाल जप्रेल, दुर्गाथली गाउँपालिका शिक्षा शाखा संयोजक बैतडीको सुनर्या गाउँपालिका –२ घर भएका ४५ वर्षीय ललितकुमार पाण्डे, दुर्गाथली गाउँपालिका–५ का वडाध्यक्ष ४५ वर्षीय वकिल जप्रेल, दुर्गाथली गाउँपालिका–७ का ५२ वर्षीय उद्धव सिंह, दुर्गाथली गाउँपालिका –४ का ४८ वर्षीय खगेन्द्र मिश्र र दुर्गाथली गाउँपालिका–७ का ४० वर्षीय विष्णुबहादुर दौल्याल रहेका छन्।
घाइतेहरूको हात, खुट्टा, टाउको, कम्मरमा चोट लागे पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई जिल्ला अस्पताल सिमखेत ल्याइदै गरिएको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : ताजा अपडेट, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस