धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
धनुषा, १४ असार
धनुषाको मिथिला नगरपालिका–२ नाक्टाझिझमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धनौजी गाउँपालिका–३ का ३५ वर्षीय संजिव पासवान रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
ढल्केबरबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ज ११ प २०८५ नम्बरको मोटरसाइकल हिजो साँझ साढे ५ बजे अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस