पहिरोको कारण तीन सडक अवरुद्ध
काठमाडौं, १४ असार
पहिरोका कारण लम्जुङ, पाल्पा र दैलेखका तीन वटा सडक अवरुद्ध भएका छन् ।
लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित बेशिशहर–डुम्रे सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अबरुद्ध भएको छ ।
अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानदेखि सिद्धबाबा मन्दिरसम्म बिभिन्न स्थानमा मंगलबार बिहान ढुङ्गा सहितको लेदो पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
दैलेखको बिन्द्रासैनी नगरपालिका–७ चिसाखोलास्थित कर्णाली राजमार्गमा मंगलबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अबरोध भएको छ । प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस