• जीवनशैली | Jiwanshaili
  • भक्तपुरको एक रिसोर्टमा २१ वर्षीया महिला बलात्कृत


    भक्तपुर, १४ असार

    भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती महिलालाई  मनिषले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    बलात्कार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


    क्याटेगोरी : ताजा अपडेट, समाज, समुदाय

    प्रतिक्रिया दिनुहोस