• जीवनशैली | Jiwanshaili
  • रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु


    रुपन्देही, १९ असार

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित दश नम्बर चोकमा गएराती स्कुटर दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय ५० वर्षीय तुलसी पाठक रहेका छन् ।

    गएराती पौने १२ बजे लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका पाठकको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, समाज, समुदाय

    प्रतिक्रिया दिनुहोस