छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं, २० असार
मकवानपुर, सुनसरी र दाङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
मकवानपुरको बागमती गाउँपालिका–७ पाथीभरामा ना.६ त ८०७३ नम्बरको ट्रयाक्टर सोमबार दुर्घटना हुँदा सोही ठाउँ बस्ने १६ वर्षीया सलिना राईको मृत्यु भएको छ ।
विद्यालयबाट पैदल घरतर्फ फर्कने क्रममा ट्रयाक्टरले च्यापिएर गम्भीर घाईते भएकी उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा ट्रयाक्टरमा सवार २६ जना सामान्य घाइते भएका थिए । हाल फरार रहेका ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित सडकमा को.२८ प ४०९३ नम्बरको मोटरसाइकल र को.१९ प ९९६५ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा को.१९ प ९९६५ नम्बरको मोटरसाइकल चालक रजाक मिया रहेका छन् । दुर्घटनामा घाइते ३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
दाङको लमही नगरपालिका–५ वयलडाडामा रा.१ स ३४५० नम्बरको अटोको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया राज कुमारी चौधरीको आइतबार राति मृत्यु भएको छ ।
बाटो काट्ने क्रममा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको लमही अस्पताल हुँदै थप उपचारको लागि बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाज, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस