विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला
काठमाडौं, २१ असार
काठमाडौं, धादिङ, दार्चुला र सर्लाहीमा सात जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको दक्षिणकाली नगरपालिका–२ ग्वाल्दह बस्ने ५० वर्षीया पार्वती परियार आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
यस्तै बुढानिलकण्ठ नगरपालिका–१० कपन डेरा गरी बस्ने मोरङ घर भएकी ६४ वर्षीया सबिता खड्का गिरी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
धादिङको थाक्रे गाउँपालिका–८ फोकटपुरस्थित चौरमा सोही ठाउँ बस्ने ७० वर्षीय पोष्ट बहादुर खड्का सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दार्चुलाको लेकम गाउँपालिका–१ चोतेबगरस्थित चौलानी नदीमा मार्मा गाउँपालिका–२ सिमार बस्ने २६ वर्षीया सबिता चन्द सिंह सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
सर्लाहीको मलगंवा नगरपालिका–३ बस्ने ३५ वर्षीय बिजय पासवान आफ्नै घर अगाडि आँगनमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी बागमती नगरपालिका–९ सोल्टी जाने बाटोको छेउमा सोही नगरपालिका–८ ठकुरी टोल बस्ने ४० वर्षीय टक बहादुर ठकुरी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाहीर्क ईश्वरपुर नगरपालिका–१३ सागरनाथ जंगलमा हाल पहिचान नखुलेका करिब १९ महिनाकी बालिकाको शव पुरिएको अवस्थामा सोमबार फेला परेको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाज, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस