कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
पर्वत, २२ असार
कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–६ कसाईटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र बाँके साविक सोनपुर गाबिस–९ ठेगाना भएका ३४ वर्षीय जोहरू भाट रहेका छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
अच्छन अलिले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते दाईजो कम ल्याएको कुरामा टाउकोमा लाठी र भाला प्रहार गरी गम्भीर घाइते बनाएका थिए । २०७५ साउन २१ गते भारतको लखनउमा उपचारको क्रममा अलिको पत्नीको मृत्यु भएको थियो ।
यसैगरी जोहरू भाट समेत २ जनाले २०७० भदौ ७ गते दिउसो बाँके साविक सोनपुर गाविस–२ स्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी एक महिलालाई सामूहिक बलात्कार गरेका थिए ।
कर्तव्य ज्यान मुद्दामा अच्छन अलिलाई जिल्ला अदालत बाँकेले २० वर्ष कैद सजाय सुनाएको थियो । जोहरू भाटलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेबाट ७ वर्ष कैद र ५० हजार रूपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
अदालतले सजाय सुनाएपछि फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जमुनाहास्थित नेपाल–भारत सिमावर्ति क्षेत्रबाट फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस