• जीवनशैली | Jiwanshaili
  • गोरखामा बस दुर्घटना, पाँच जना घाइते


    गोरखा, २२ असार

    गोरखाको सिरानचोक गाउँपालिका–४ राम्चेचौतारामा आज बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

    चितवनको नारायणगढबाट गोरखाको भच्चेकतर्फ जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस आज दिउँसो पौने १ बजे अनियन्त्रित भइ दुर्घटना भएको हो ।

    घाइते भएका सबैलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, समाज, समुदाय

    प्रतिक्रिया दिनुहोस