विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु
काठमाडौं, २८ असार
कपिलवस्तु, धनुषा, रुपन्देही र बारामा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ डेरवा बस्ने २५ वर्षीया बिन्दा बासी पासीको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको हो । आफ्नै घरमा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।
धनुषाको जनकपुर उपमहानगरपालिका–४ सरंचियाकुट्टीस्थित रामजानकी काठ मिलमा काम गर्ने भारत घर भएका ४५ वर्षीय अरुण ठाकुरको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।
रुपन्देहीको सियारी गाउँपालिका–६ मदनगंज बस्ने ४५ वर्षीय सर्वजीत लोहारको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । आफ्नै घरको पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको क्रिमशन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
बाराको महागढीमाई नगरपालिका–२ ईनर्वा टोल बस्ने ६५ वर्षीय राम अशिष राउत कुर्मीको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
क्याटेगोरी : ताजा अपडेट, समाज, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस