• जीवनशैली | Jiwanshaili
  • छुरा प्रहार गरी साथीको हत्या गरेको अभियोगमा तामाङ पक्राउ


    सुनसरी, २८ असार

    बराहक्षेत्र नगरपालिका–६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय सबिन तामाङ छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

    मादक पदार्थ सेवन (मापसे) गरी उनीहरूबीच झैं–झगडा हुँदा सबिनले आशिषलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

    घाइतेलाई उपचारका लागि घोपा अस्पताल धरान पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट, समाज, समुदाय

    प्रतिक्रिया दिनुहोस