सुनसरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सुनसरी, २९ असार
सुनसरीको रामधुनी नगरपालिका–२ मा गएराती पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पैदलयात्री स्थानीय ६० वर्षीया रुकमी सरदार रहेकी छिन् । गम्भिर घाइते भएकी सरदारको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागी इटहरी स्थित बेदान्त अस्पताल पठाइएको छ । उनको अवस्था भने मध्यम रहेको छ ।
गएराती सवा १० बजे पैदलयात्रीलाई ठक्कर दिएर प्रदेश १–०२–०४२ प ३७१३ नम्बरको मोटरसाइकल पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाज, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस