२० वर्षमै आमा बनेकी मनीषा कोइराला !
सन् ९० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्रीमा मनीषा कोइराला पनि पर्छिन् । उनले सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौदागर’बाट बलिउडमा पाइला चालिन् । यसपछि उनले एक से एक राम्रा फिल्ममा अभिनय गरिन् । जसमा मणिरत्नमको फिल्म ‘बम्बे’ पनि पर्दछ ।
मनीषाले सुरुमा यो फिल्ममा अनुबन्धित हुन अस्वीकार गरेकी थिइन् । किनकी उनी त्यो समयमा आफ्नो करियरको सुनौलो यात्रामा थिइन् । तर, यो फिल्ममा उनले आमाको भूमिका निभाउनु पर्ने प्रस्ताव आएपछि उनले त्यसलाई ठाडै अस्वीकार गरेकी थिइ्न ।
‘जब मलाई बम्बेको अफर आयो, तब मानिसहरुले मलाई यो फिल्म नगर्न दबाब दिए । किनकी २० वर्षको उमेरमा मैले आमाको भूमिका निभाउँदै थिएँ । उनीहरुले यो फिल्ममा आमाको भूमिका निभाए आगामी १० वर्षभित्र हजुरआमाको भूमिका पाउने भन्दै डर सिर्जना गरिदिए’, उनले भनेकी छन् ।
त्यसपछि मनिषाले अन्य बौद्धिक वर्गको कुरा सुनिन् । जसले मणिरत्नमको फिल्म अस्वीकार गर्नु भनेको जिन्दगीभर पछुताउनु हो भन्ने सुझाव दिए ।
‘बम्बे’मा मनिषाको अपोजिटमा अरविन्द स्वामी प्रमुख भूमिकामा थिए । दुवैको अभिनयलाई दर्शकले निकै मनपराएका थिए । मनीषा पछिल्लो पटक सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’मा देखिएका थिए । फिल्ममा उनले रणवीर कपूरको आमाको भूमिका निभाएकी थिइन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस