मापसे गरी तीन जनामाथि एसिड प्रहार, २२ लिटर एसिडसहित आरोपि पक्राउ
File photo
तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
रावतले मादक पदार्थ सेवन (मापसे) गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।
उनले एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई करिव २२ लिटर एसिड सहित पक्राउ गरेको हो । तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगन्जतर्फ पठाइएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस