बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवासचोकमा हिजो साँझ भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुन पश्चिमबाट पूर्व आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्याङ्करमा ठोक्किएको थियो ।
हिजो साँझ ५ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका ४१६८ नम्बरको मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय सोनु भट्टराई र मोटरसाइकलमा पछाडी सवार उनका ६ वर्षीय छोरा निशान भट्टराईको उपचारका क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका ३२४६ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस