• जीवनशैली | Jiwanshaili
  • सच्याइएकाे : काभ्रेकाे बेथानेचाकमा पहिरो, एकै परिवारका तीनको मृत्यु


    काभ्रेमा पहिरोले एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

    बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ठूलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पतालमा ज्षन गएको हो भने नीर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको हो ।

    पहिरो बिहीबार बिहान खसेको थियो ।


    क्याटेगोरी : ताजा अपडेट, समाज

    प्रतिक्रिया दिनुहोस