फिल्मसँगै म्युजिक भिडियोमा व्यस्त पुष्प खड्का, स्मारिकासँग ‘हेल्लो हाई डार्लिङ’
अभिनेता पुष्प खड्का फिल्मसँगै म्युजिक भिडियोमा पनि व्यस्त छन् । उनले दुवै काम सँगसँगै अघि बढाएका छन् । म्युजिक भिडियोबाटै फिल्ममा प्रवेश गरेका उनीसँग हाल दर्जन बढी म्युजिक भिडियो रहेको छ ।
गायक बुद्धिमान विश्व र गायिका मिलन नेवारको स्वर रहेको गीत ‘हेल्लो हाई डार्लिङ’ सार्वजनिक भएको छ । राजन पोखरेलको शब्द तथा निरोज लामाको संगीत र एरेन्ज रहेको गीतको भिडियोमा पुष्प खड्का र स्मारिका ढकाल फिचर्ड छन् । डान्सिङ गीतको भिडियोमा पुष्प र स्मारिकाको प्रेमभावलाई प्रस्तुत गरिएको छ । यी दुईले नृत्यसँगै मायामा परेको जोडीको भावलाई गीतमार्फत प्रस्तुत गरेका छन् । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छौँ । गीतअनुसार नै भिडियो तयार भएको छ’ गायक बुद्धिमानले भने ।
सार्वजनिक गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । उनले गीतमा पुष्प र स्मारिकालाई राम्रै नृत्य गराएका छन् । ‘गीतमा प्रेम व्यक्त गरिएको छ । साथै प्रविधिलाई पनि जोडे अनुसार नै भिडियोमा प्रस्तुत गरेको छु’ उनले भने । गीतलाई कल्पना तामाङले निर्माण गरेकी हुन् । यसमा बुद्ध लामाको छायांकन, निम बाबु तामाङको कोरियोग्राफी, विकास धमलाको सम्पादन, विनिता कठायतको स्टाइलिङ रहेको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस