निम्लुङमा जुकाको औषधी सर्कँदा ३ वर्षका बालकको ज्यान गयो
सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ गोल्चे निम्लुङमा जुकाको औषधी सर्कँदा तीन वर्षका एक बालकको ज्यान गएको छ । सुप्पा लामाको छोरा तीन वर्षका सम्शेर लामाको औषधी सर्कँदा ज्यान गएको स्थानीय विष्णुलाल दोङले बताए ।
स्थानीय स्वयंसेविका सँगलमु लामा र सँगलमु स्याङ्बोले स्वास्थ्य चौकी बैकुण्ठेबाट भिटामिन र जुकाको औषधी ल्याई बच्चालाई खुवाउने क्रममा सर्किएको हो । बालकलाई औषधी सर्कन गई फिज काट्न थालेपछि उपचारको लागि एम्बुलेन्समा राखी प्राथमिक स्वास्थ्य केन्द्र साङ्बोटेतर्फ लगिएको थियो ।
बिहान ११:५६ को समयमा स्वास्थ्य केन्द्रका प्रमुख डा. सञ्जीव खड्काले बालकको मृत्यु भई सकेको बताएका थिए । मृतक बालकको शव पोस्टमार्टमको लागि चौतारा अस्पतालमा राखिएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस