गुँला पर्व सुरु
काठमाडौं, साउन १७ । बौद्धमार्गी नेवार समुदायको गुँला पर्व शुक्रबारदेखि सुरु भएको छ । नेपाल संवत् तिथिअनुसार एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्धविहार परिक्रमा गरी नामसंगीति पाठ गरिन्छ ।
विशेषगरी काठमाडौंका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् । सांगीतिक माहोल बनाएर प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा परिक्रमा गर्दा पापबाट मुक्ति पाउने विश्वासअनुसार एक महिनाभर पर्व मनाउने गरिन्छ ।
यो पर्व अवधिको एक महिना मासु, अन्डा, प्याजलगायतका खाद्यवस्तुबाट टाढा बसी दैनिक नुहाएर शुद्ध हुनुपर्ने चलन छ ।
यस अवधिमा काठमाडौंको असनमा बहिद्यः प्रदर्शन गरिने, थँहितीमा अवस्थित स्वर्णाक्षर अवलोकन, ललितपुरमा मत्याःजात्रा, फरक नेवार बस्तीमा पञ्चदान पर्वलगायत दैनिक बज्रयानी बुद्धधर्मअनुसारको पूजाविधि गरिन्छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस