उद्यानमा लडेर एक पर्यटकसहित दुईको मृत्यु

पोखरा महानगरपालिका–१ स्थित पर्यटकीयस्थल केआईसिं पुल नजिकैको उद्यानमा अचानक लड्दा एक भारतीय पर्यटकको मृत्यु भएको छ । पोखरा घुम्नका लागि आएका भारत महाराष्ट्र मुम्बई घर भएका ७२ वर्षीय प्रभुदास कन्जी महेरको निधन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार उद्यानमा अचानक लडेर बेहोस भएका उनलाई आफन्तको सहायताले उपचारका लागि फिस्टेल अस्पताल पु¥याइएकामा चिकित्सकले जाँच गर्ने क्रममा मृत घोषण गरेका हुन् ।
त्यसैगरी पोखरा महानगरपालिका साहारा टोलस्थित सुनिल परियारको घरमा बस्दै आएका एक मजदूरको मृत्यु भएको छ । म्याग्दी जिल्लाको दरवाङ घर बताउने ५५ वर्षीय काइला मगर नाम बताउने उनी आज बिहान सुत्ने कोठामा मृतास्थामा फेला परेको प्रहरीले जनाएको छ ।
दुवै घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस